ad ad

कारोबार


‘आईएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक

‘आईएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक

नेपालखबर
असोज २, २०८० मंगलबार १९:३८, काठमाडौँ

रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ। 

आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन्। सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन्। यसैगरी दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्।  

आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा  रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन। यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्त सम्म लागू हुने छ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए।

साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .