ad ad

कारोबार


एनसेलले मनायो विभिन्न सहरमा तीज कार्यक्रम

एनसेलले मनायो विभिन्न सहरमा तीज कार्यक्रम

नेपालखबर
असोज ३, २०८० बुधबार १४:५७, काठमाडौँ

एनसेल आजियाटा लिमिटेडले विभिन्न सहरहरुमा सांगीतिक कार्यक्रमको आयोजना गरी ठूलो उत्साह र उमंगका साथ स्थानीय समुदायसँगै हरितालिका तीज पर्व मनाएको छ। तीज कार्यक्रम कम्पनीको १८औं वार्षिकोत्सवको ‘हामी तपाईंकै लागि’ भन्ने थिमका साथ आयोजना गरिएको थियो।

तीज हिन्दु महिलाहरुले ठूलो उत्साहका साथ मनाउने नेपालको एक विशेष पर्व हो। एनसेल विशेष अवसरका खुसीहरुलाई सबैसँग साटासाट गर्न प्रतिबद्ध रहेको छ।

एनसेलको वार्षिकोत्सव र तीज अवसरमा सोमबार एनसेलले विभिन्न चार सहरहरु सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमहरुमा सर्वसाधारण बाहेक विशेष गरी महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागीहरुले सांगितिक कार्यक्रमको आनन्द लिनुका साथै स्थानिय कलाकारहरुको गीतसंगित प्रस्तुतिमा नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए। ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो। स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथ अन्य सेवा, सुविधाहरु लिन सक्ने व्यवस्था रहेको थियो।

एनसेलले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको हो। कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ। ‘हामी तपाईंकै लागि’ थिम अनुरुप आफ्ना ग्राहकहरुसँग सुमधुर सम्बन्ध बढाउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .