ad ad

कारोबार


डिशहोम फाइवरनेटको नयाँ अफर : ‘कनेक्सनको दोब्बर उत्सव’

डिशहोम फाइवरनेटको नयाँ अफर :  ‘कनेक्सनको दोब्बर उत्सव’

नेपालखबर
असोज ३, २०८० बुधबार १५:४२, काठमाडौँ

डिशहोम फाइवरनेटले ग्राहकहरूका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ।

यो चाडवाडको मौसममा यस योजना मार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अर्थात अब ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउने कम्पनीले जनाएको छ।

यो अफर अन्तर्गत डिशहोमका ग्राहकहरुले शुलभ मूल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेमा कम्पनीले विश्वास लिएको छ।

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा कम्पनीको ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ।

उल्लेखित योजना अन्तर्गत डिशहोम फाइवरनेट जडान गर्ने ग्राहकहरुले निम्न वमोजिमको ब्यान्डविथ शुलभ मूल्यमा पाउन सकिनेछः

स्टार ८५० प्लस ५० एमबीपीएस : एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ५० एमबीपीएसको मुल्यमा मात्र रु ७ हजार ८९८ (भ्याट बाहेक) मा जडान गर्न सकिने।

स्टार ७ प्लस ७५ एमबीपीएस : एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ७५ एमबीपीएसको मूल्यमा मात्र ८ हजार ७५९ (भ्याट बाहेक) मा जडान गर्न सकिने।

स्टार १०० प्लस १०० एमबीपीएस : एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १०० एमबीपीएसको मूल्यमा मात्र रु. ९ हजार ६९८ (भ्याट बाहेक) मा जडान गर्न सकिने।

स्टार १५० प्लस १५० एमबीपीएस : एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १५० एमबीपीएसकै मूल्यमा मात्र ७ हजार ८९८ (भ्याट बाहेक) मा जडान गर्न सकिने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .