ad ad

कारोबार


अर्थतन्त्रका सूचक सकारात्मक हुँदैछन्, विस्तारै चलायमान हुन्छ : अर्थमन्त्री महत

निक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्ण रहेको भनाइ
अर्थतन्त्रका सूचक सकारात्मक हुँदैछन्, विस्तारै चलायमान हुन्छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : अर्थमन्त्रीको सचिवालय


नेपालखबर
असोज ४, २०८० बिहिबार १६:४३, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कु-चक्रलाई सुधार्न निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्। 

कोषको ५० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यसो भनेका हुन्।

अर्थतन्त्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको उनले बताए।  

‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन। सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन्’, उनले भने।  

मन्त्री महतले पर्यटक पनि दिनदिनै बढिरहेकाले अवस्था सकारात्मक भएको जिकिर गरे।

‘पर्यटक आगमन बढिरहेको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ। अर्थतन्त्रमा रिर्सोस आइरहेको छ, तर चलायमान भएको छैन’ उनले भने, ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ। खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं। बैंकहरुले लगानी नगरुन, पैसा थुपारुन, राखून भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ।’ 

अब अर्थतन्त्रमा रिर्सोस बढैकाले चलायमान हुँदा आर्थिक गतिविधि बढ्ने उनको तर्क थियो। ‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ। राजश्वमा परेको दबाब अन्त्य हुन्छ। राजश्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ’, उनले भने। 

४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ। करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको मन्त्री डा. महतले बताए।

‘यसको पहुँच विस्तार भइरहेको छ। साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ’, उनले भने, ‘लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ।’ 

मन्त्री डा. महतले अब साना कर्जा प्रवाह हुने पनि बताए। ‘साना साना कर्जा प्रवाह हुन्छ, साना साना उद्योग स्थापना हुन्छ। त्यसले ज्यादा रोजगारी सिर्जना हुन्छ। साना धेरै छरिएर रहेका व्यवसायले धेरै रोजगारी सिर्जना गर्छ। यो रोजगारी आम सर्वसाधारणले प्राप्त गर्छन्’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .