ad ad

कारोबार


गभर्नर भन्छन्– बैंकले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको होइन

गभर्नर भन्छन्– बैंकले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको होइन

नेपालखबर
असोज ७, २०८० आइतबार १४:४९, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले अर्थतन्त्र चलायमान हुन नसकेको भन्न गलत भएको बताएका छन्। 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बैंकको कर्जा प्रवाहमै सबै कुरा जोड्न नहुने बताएका हुन्।

गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए।

उनले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएको बताए। उनले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने बताए।

‘विश्वका केन्द्रीय बैंकहरुले अर्थतन्त्रका विषयमा पोजिसन लिइरहेको देखिन्छ। स्वयत्तताको कुरा गरिरहेको पाउँछौं। त्यो केको लागि भन्दा म्यान्डेट पूरा गर्नको लागि हो,’ उनले भने, ‘मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको सीमा कति भन्ने कुरा आफ्नो ठाउँमा छ। मागबाट सिर्जना हुने मूल्यको सन्दर्भमा धेरै सीमाहरु हुँदा हुँदै पनि केन्द्रिय बैंकको भूमिका महत्वपूर्ण रहन्छ। नेपालको अर्थतन्त्रमा धेरै प्यारामिटरहरु चुनौती दिन्छन्।’

उनले बैंकहरुले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने बताएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरु चुनौति दिने प्रचलन रहेको उनको भनाइ छ। 

उनले नेपालको अर्थतन्त्रका धेरै प्यारामिटरहरुमा चुनौती रहेको पनि बताए।

उनले नेपालको अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु रहेको बताए।

‘सिद्धान्तलाई चुनौती दिने प्राक्टिस छ। जुन वर्ष धेरै मनि सप्लाई हुन्छ। त्यो वर्ष थोरै मूल्यवृद्धि भएको पनि हाम्रोमा उदाहरणहरु छन्,’ उनले भने, ‘नेपालको कर्जा प्रवाह जिडिपी भन्दा धेरै छ। अहिले नेपालको कर्जा प्रवाहमा बैंकले लोन नदिएको कारणले अर्थतन्त्र चलायमान भएन। बजार चलायमान भएर ऋण चाहिने हो की ऋण दिएर बजार चलायमान हुने हो।’

गभर्नर अधिकारीले पछिल्लो समय विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रुपमा कडाईका साथ उभिएको बताए। उनले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्वपूर्ण भुमिका हुने गरेको बताए।

उनले केन्द्रीय बैंकले लिने नीतिको प्रभाव मूल्य वृद्धिमा पर्ने बताए।

‘यस्तो खालको अवस्था छ। राष्ट्र बैंकको तथ्याङ्क र प्रणालीले कयौं ठाउँमा सिद्धान्तहरुलाई च्यालेज गर्छ,’ उनले भने।

तर पनि स्वयत्तताको मूल्य जुन छ त्यो महत्वपूर्ण हुने उनको भनाइ छ। गभर्नर अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रुपमा आत्मनिभर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .