चिनियाँ अटोमोबाइल कम्पनी ‘चेरी अटोमोबाइल कम्पनी लिमिटेड’को ब्रान्ड ओमोडाले ‘क्रस फ्युचर’को रूपमा आफ्नो ब्रान्ड स्थापना गर्छ। ओमोडाले आफूलाई ‘ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ को रूपमा प्रस्तुत गरेको छ।
जसको अर्थ ‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ भन्ने हुन्छ। कम्पनीका अनुसार ओमोडाले उच्च गुणस्तरका कार खोज्ने उपभोक्ताहरूलाई लक्षित गरी फ्युचरिस्टिक गाडीहरू डिजाइन गर्दछ।
अत्याधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनहरूको विकास गर्नु ओमोडा ब्रान्ड डिएनए मै रहेको छ। ओमोडा उपभोक्ताहरूको परिवर्तनशील आवश्यकतालाई पहिल्याउँदै नयाँ पुस्ताका लागि पहिलो रोजाईको ब्रान्ड बन्न समर्पित छ। ओमोडा, विश्वव्यापी रूपमा युवा पुस्ताको जीवनलाई अझ राम्ररी बुझ्नको लागि उनीहरूसँग संवादमा संलग्न हुँदै आईरहेको । आफ्नो विश्वव्यापी ब्रान्ड धारणा पालना गर्दै ओमोडाले ‘ओ–युनिभर्स’ इकोसिस्टमको अवधारणा सिर्जना गरेको छ जुन ब्रान्ड र प्रयोगकर्ताहरूबीच सम्पर्क गर्न अनुकुल बनाउने प्रविधि हो।
ओमोडाका अनुसार ओमोडा को ओ अक्षर ‘जीवनको अपरिहार्य तत्त्व अक्सिजन’ बाट आएको हो भने मोडाको अर्थ ‘आधुनिक (मोडर्न)’ हो। युवापन, आत्मनिर्भरता र विश्वव्यापीकरणको बढ्दो प्रवृतिको अध्ययनसँगै, ओमोडाको उद्देश्य, युवा जेनेरेसन जेड ‘जेड’ प्रयोगकर्ताहरूका लागि नयाँ डिजाइन र आधुनिक प्रविधि ल्याउँदै भविष्यका स्टाइलिस गाडीहरू प्रदान गर्नु हो।
एसपीजी अटोमोबाइल्स नेपालका लागि चेरि अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता हो। सन् २०२१ मा सुरु भएको यस कम्पनीले चीनस्थित चेरिको प्लान्टबाट गाडी आयात गर्दछ। एसपीजी अटोमोबाइल प्रालिले छिट्टै ओमोडा इभि नेपालमा आयात गर्ने योजना बनाएको छ। हाल, कम्पनीको नेपालभर १२ वटा बिक्री केन्द्रहरू रहेका छन्।
Shares
प्रतिक्रिया