ad ad

कारोबार


कानुन मिचेर हवाई भाडा वृद्धि गरे कारबाही हुन्छ : मन्त्री किराती

कानुन मिचेर हवाई भाडा वृद्धि गरे कारबाही हुन्छ : मन्त्री किराती

फाइल फोटो


नेपालखबर
असोज २५, २०८० बिहिबार १८:५३, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताए।

उनले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताए। उनले निजी कम्पनीहरूलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले निजी कम्पनीहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताए।

उनले भने, ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन। बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नको निम्ति नै, हस्तक्षेप गर्नको निम्ति नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ। त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन। निजी कम्पनीहरुलाई हामीले बढी नियन्त्रण गर्दापनि फेरि निजी कम्पनीमैत्री हामी हुन सक्दैनौँ। तर उनीहरु पनि ऐन, कानूनभन्दा बाहिर जान पाउँदैनन्। मनपरी उठाउन कसैले पाउँदैन। स्वेच्छाचारी हुन कसैलाई छुट छैन। कानूनभन्दा बाहिर गएमा कारबाही हुन्छ। ऐन, कानूनभन्दा बाहिर छ भने म आजै एक्सन गर्छु।’

कानून भन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरेमा कारकाही गरिने चेतावनी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .