ad ad

कारोबार


नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय भ्यान भित्रिँदै

नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय भ्यान भित्रिँदै

नेपालखबर
असोज २६, २०८० शुक्रबार १६:२६, काठमाडौँ

शशिला मोटर्स्‌ले हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ।

कमर्सियल गाडीहरूको विक्री वितरण गर्दै आएको कम्पनीले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो।

हाइगर बस कम्पनी लिमिटेडले विश्वका १ सय ३० भन्दा धेरै देशहरूमा आफ्नो उपस्थिती जनाइसकेको छ। सम्झौतासंगै शशिला मोटर्स् प्रा.लि. हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक वितरक बनेको छ।

१६ सिट क्षमताका इभी मिनि भ्यान  र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ। वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए। 

हाइगर ईभी भ्यानले सिङ्गल चार्जमा २५० कि.मि. रेञ्ज रहेको छ। गाडीमा ७० कि.वा. आवर क्षमताको कटिङ्ग एज प्रविधियुक्त लिथियम ब्याट्री रहेको छ।

कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका बिशेषताहरु रहेका छन्। 
 
यात्रुको सुविधाका लागि एअर कण्डिसन, गाडीमा २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स छ। गाडीले ९० कि.वा. पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .