ad ad

कारोबार


मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका क्याप्टेनलाई उपचारका लागि काठमाडौँ ल्याइँदै

मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका क्याप्टेनलाई उपचारका लागि काठमाडौँ ल्याइँदै

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०८० शनिबार ८:३३, काठमाडौँ

मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ। 

बिरामीको उद्धारका लागि आज बिहान लुक्लाबाट लोबुचे गएको मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर अवतरणका क्रममा पल्टिएको हो। 

सो दुर्घटनामा परी त्यसका क्याप्टेन पीके सेढाइँ अर्थात् प्रकाशकुमार सेढाइँ घाइते भएका हुन्। उनलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार क्याप्टेन सेढाइँलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरिएको हो। 

‘उहाँलाई फिस्टेल एयरको ९एन–एजेआर हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याइँदै छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .