युनिलिभर नेपालले सेयरधनीका लागि नगद लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको हो।
असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो।
लाभांश घोषणा गरेको कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
मंसिर ११ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउने छन्।
102
Shares
प्रतिक्रिया