अभिनेता अनमोल केसी आफ्नो नयाँ प्रोजेक्टको काममा लागेका छन्। उनी अहिले फिल्म ‘फर्की फर्की’को वर्कशपमा ब्यस्त छन्।
निर्माता रोहित अधिकारीले फिल्मको वर्कशप सुरु भएको बताउका छन्। फिल्मको वर्कशपमा नायक अनमोल केसीसँगै नव–कलाकारद्धय समृद्धि अर्याल र रवि काफ्ले जोडिएका छन्।
फिल्मकी मुख्य नायिका जसिता गुरुङ भने केही दिनपछि मात्र वर्कशपमा जोडिने निर्माणपक्षले बताएको छ। यो फिल्ममा सुयोग गुरुङको निर्देशन रहनेछ।
मंसिर १ गतेबाट छायांकनमा जाने फिल्मको वर्कशप सुरु भएसँगै निर्माणपक्षले प्रदर्शन मिति पनि घोषणा गरेको छ।
वि.सं २०८१ सालको जेठ ११ गतेबाट फिल्म रिलिज गर्ने निर्माण टिमले घोषणा गरेको हो। लभ स्टोरी कथामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र पोखरामा हुनेछ।
फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ। फिल्मको अन्तरराष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ।
Shares
प्रतिक्रिया