ad ad

कारोबार


अर्थतन्त्र विस्तारै लयमा फर्किंदै छ : अर्थमन्त्री महत

अर्थतन्त्र विस्तारै लयमा फर्किंदै छ : अर्थमन्त्री महत

नेपालखबर
असोज २९, २०८० सोमबार १६:३०, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन्।

सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे। उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको पनि बताए।

‘अहिले समग्रमा देशमा अनेकन समस्याहरू छन्। अन्तर्राष्ट्रिय तहमा पनि अहिले धेरै खाले समस्याहरू छन्। हिजो पनि द्वन्द्वका परिवेशहरु थिए, अहिले पनि नयाँ नयाँ द्वन्द्वका क्षेत्रहरू देखिरहेका छन्,’ उनले भने, ‘मध्यपूर्वमा धेरै ठूलो द्वन्द्व बढेको छ। अझ बढ्ने सम्भावना र खतरा छ। अन्तर्राष्ट्रिय स्तरमा शक्ति राष्ट्रहरूले यसलाई समयमा नै रोकेनन् भने यसले नराम्रो रुप लिनसक्छ। यसको प्रभाव हामीले पनि भोग्नुपर्छ। अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ।’

उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताए।

 ‘विस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआसओस् भन्ने चाहन्छौँ। त्यो नभएको अवस्थामा विस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ। सकारात्मक कुरा देखिएका छन्। त्यसका बाबजुद अफ्ठ्यारा बाँकी छन्। त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ। अर्थमन्त्रालय, सरकारले मात्रै गरेर समाधान हुँदैन। सबैले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।’

मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .