नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २ दशकपछि परिणाम देखिने केही आयोजनाको सुरुवात भएको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले एनआरएनएले नेपालमा अझै ठूलो परियोजना सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए।
एनआरएनए स्थापनादेखि नै नेपाल तथा विदेशमा जोडिँदै आएको भन्दै उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताए। नेपालको निजी क्षेत्रले छोटो समयमा लगानीबाट फाइदा लिएकाले एनआरएनएले पनि लिन सक्ने बताए।
सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण थालेकोमा धन्यवाद व्यक्त गर्दै उनले लगानीको लागि कुनै अप्ठेरो सिर्जना भए सहजिकरण गर्ने बताए।
‘नेपालमा लगानीको प्रचुर संभावना रहेको छ,’ ढकालले भने, ‘जुनसुकै क्षेत्रमा लगानी गर्नको लागि निजी क्षेत्र सहकार्य गर्न तयार छ।’
51
Shares
प्रतिक्रिया