ad ad

कारोबार


नेपालको पाम आयल उद्योग निरीक्षण गर्न भारतीय टोली आउने

नेपालको पाम आयल उद्योग निरीक्षण गर्न भारतीय टोली आउने

नेपालखबर
माघ १५, २०७६ बुधबार ११:३९,

भारतले विदेशबाट आयात हुने पाम आयलमा कडाइ गरेसँगै नेपालबाट निर्यात प्रभावित भएको गुनासोपछि भारतीय टोली पाम आयल उद्योग हेर्न आउने भएको छ। यसअघि पनि नेपालबाट निर्यात हुने पाम आयलमा भारतले चासो दिँदै आएको थियो।

दुई पटकसम्म भारतले नेपाललाई पत्र नै पठाएर पाम आयलमा भ्यालु एडबारे नेपालसँग सोध्दै आएको थियो। त्यस विषयमा नेपाल सरकारले पनि ३० प्रतिशत हाराहारीमा भ्यालु एड रहेको उत्तर पठाउँदै आएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त जानकारी गराए पनि भारतीय पक्ष विश्वस्त हुन नसकेको देखिएको छ।

भारतले मलेसियासँगको विवादका कारण गत पुस २३ देखि आयातमा पूर्ण कडाइ गरेको छ। सोही कारण नेपालबाट निर्यात हुने पाम आयल भारत जान सकेको छैन। यस विषयमा नेपालले पहल गरिरहेको छ। बुधबार पनि उद्योग वणिज्य मन्त्रालयले भारतीय दूतावाससँग छलफल गरेको छ। भारतीय पक्षको ‘रेष्ट्रिक्सन’ नेपाल लक्षित नभएको भारतीय दूतावासले स्पष्ट पारेको मन्त्रालयले जनाएको छ।

भारत नेपालको निर्यात खुलाउन तयार भए पनि भ्यालु एडमा सशंकित अवस्थामै रहेकाले टोलीले उद्योगको अवलोकन गर्नलागेको हो।

उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले भारतीय पक्ष नेपालको पाम आयल उद्योग हेर्न आउन लागेको नेपालखबरलाई जानकारी दिए। उनका अनुसार भारतीय पक्षले नेपालमा रहेको उद्योगहरु हेर्न चाहेको छ। उनीहरुसँग भएको छलफल तथा पत्राचारमार्फत यस्तो कुराहरु आइरहेकोले नेपालले पनि जुनसुकै बेला जहिले पनि नेपालको उद्योग ‘भिजिट’ गर्नसक्ने उत्तर दिइसकेको उनले बताए।

भारतमा खपत हुने आम आयलमा नेपालबाट २ प्रतिशतबराबरको निर्यात हुँदै आएको छ। चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको कुल निर्यात ४७ अर्ब ६१ करोड रहेकोमा पाम आयल मात्र साढे ११ अर्बको निर्यात भएको थियो।

यो मानेमा नेपालको व्यापारघाटा सन्तुलनमा ल्याउन यसको योगदान छ। साथै नेपालमा पनि यसको खपत रहेको मन्त्रालयले जानकारी गराएको छ। खानासम्बन्धी तथा साबुन उद्योगहरुले नेपालमा यसको प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .