ad ad

राजनीति


नेकपालाई बहिर्गमित जनमुक्ति सेनाको खबरदारी पत्र

नेकपालाई बहिर्गमित जनमुक्ति सेनाको खबरदारी पत्र

नेपालखबर
माघ १५, २०७६ बुधबार ११:३१,

बहिर्गमित जनमुक्ति सेना, नेपालले नेकपाको जारी केन्द्रीय समिति बैठकमा खबरदारीपत्र बुझाएको छ। नेकपा अध्यक्ष द्वय प्रचण्ड र केपी शर्मा ओलीको नाममा सम्बोधन गर्दै संगठनले बैठकस्थलमा पुगि खबरदारी पत्र बुझाएको हो।

खबरदारी पत्र बुझाएपछि आयोजित कार्यक्रममा सो संगठनका इन्चार्ज असिम लिम्बुले आफ्ना मागहरु तत्काल पुरा नगरे अन्तर्राष्ट्रिय अदालतमा समेत जाने चेतावनी दिएका छन्। लिम्बुले विगत दश वर्षदेखि सडकमा अलपत्र ४ हजार भन्दा बढी बहिर्गमति जनमुक्ति सेनालाई अपमानित गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘हाम्रो बलिदानलाई अपमानित गर्दै लग्ने हो भने, अन्तिम संघर्षको लागि तयार रहेकाछौं।’

सो संगठनका अध्यक्ष रमेस बसेलले आफूहरुका माग, मुद्धा शान्ति प्रक्रियासँग जोडिएकोले समस्या समाधान नभएसम्म शान्तिप्रक्रिया अधुरो हुने हुँदा सो समस्या छिटो समाधान गर्नु पर्ने धारणा राखे। अध्यक्ष बसेलले नेकपाका स्थायी समिति सदस्य भिम रावल लगायतका नेताहरुलाई बैठक स्थलमा गएर पत्र बुझाएको र नेता भिम रावलले केन्द्रीय कमिटिको बैठकमा बिषय बस्तु उठाउने प्रतिबद्धता जनाएको बताए।

बहिर्गमित जनमुक्ति सेनाले बहुचर्चित एमसीसी पास गरे आफ्नै पार्टी विरुद्ध सडकमा आउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .