एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरूको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ।
कात्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिका कार्य गर्दै आइरहेको बैंकले भूकम्प प्रभावितको उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले सो सहयोग गरेको जनाएको छ।
27
Shares
प्रतिक्रिया