ad ad

कारोबार


ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराज ११ः११मा २० प्रतिशत छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराज ११ः११मा २० प्रतिशत छुट

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १९:४८, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

कम्पनीका अनुसार बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा दुई हजार पाँच सय रुपयाँसम्म छुट पाउनेछन्।

बैंकका कार्ड बाहक ग्राहकहरूले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आईएमई बैंकको कार्डको छुट भउचर संकलन गर्नुपर्नेछ। यी भउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन्।

ग्लोबल आईएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .