ad ad

कारोबार


विश्वकै अग्लोमध्यको कालीगण्डकी बन्जी जम्पको सफल परीक्षण (भिडियाे)

विश्वकै अग्लोमध्यको कालीगण्डकी बन्जी जम्पको सफल परीक्षण (भिडियाे)

नेपालखबर
माघ १६, २०७६ बिहिबार १३:१०,

पर्वतकाे कुश्मास्थित कालीगण्डकी नदीमाथि २ सय २८ मिटर उचाइमा निर्माण भएको बन्जी जम्पको बिहीबार सफल परीक्षण गरिएको छ। साे कम्पनीका सञ्चालक तथा निर्देशक युवराज जोशीले मकाउपछिको दोस्रो अग्लो बन्जी भएको बताएका छन्।

गत २०७३ सालदेखि बन्जीका लागि सम्भाव्यता अध्ययन भएको थियो। गुप्तेश्वर गुफा, बलेवा एयरपोर्टभन्दा १० मिनेट पर झण्डै २० करोड रुपैयाँ लगानीमा ‘द क्लिफ’ नामक कम्पनीमार्फत बन्जीको नयाँ गन्तव्यका रुपमा निर्माण सुरु भएको बन्जीजम्प सफल परिक्षण भएका जोशीले बताए।

banji.png

कुश्मामा बन्जीले पर्यटन प्रवर्धनमा ठूलो योगदान पुर्याउने जोशीले दाबी गरेका छन्। पोखराको लेकसाइडमा कार्यालय सञ्चालनमा ल्याएको द क्लिफले ‘लभ् कुश्मा’ रिसोर्ट नामबाट यो गन्तव्यको ब्रान्डिङ गरिरहेको छ। पर्वतकाे कुश्मा र बागलुङकाे बलेवा जोड्ने लामो झोलुङ्गे पुलमा बन्जी जम्प, स्काई साइक्लिङ एवम् स्विङसमेत सञ्चालनमा ल्याइएको उनको भनाई छ।

बन्जीसँगै कुश्मा रिसोर्टमा करिब १ सयभन्दा बढीलाई सेवा दिने गरी रिसोर्ट निर्माण अन्तिम चरणमा पुगिसकेको छ।

जोशीका अनुसार अहिले चीनको मकाउ टावरमा २ सय ३३ मिटरमा पहिलो, स्विट्जरल्यान्डको टिसिनो भिर्जस्का ड्याममा दुई सय २० मिटरको दोस्रो र साउथ अफ्रिकामा तेस्रो अग्ला बन्जी सञ्चालनमा छ।

"आज पर्वत जिल्लाको कुस्मामा विश्वकै दोस्रो र नेपालको पहिलो अग्लो दाबी गरिएको बन्जी जम्प परीक्षण हेर्ने अवसर मिल्यो। बधाई छ पहिलो जम्प गर्ने राजु कार्की भाईलाई, अनि बधाई तथा धन्यवाद छ सबै लगानिकर्तालाई विश्वमै पर्वतको पहिचान दिन सफल हुनु भएकोमा," पूर्वसा‌ंसद अर्जुन जोशीले सामाजिक सञ्जालमा लेखेका छन्।

अग्ला र लामा पुलहरुकाे ठाउँ भनी  चिनिएकाे कुश्मामा अब शाहसिक पर्यटनकाे आकर्षणकाे रुपमा लिइने बन्जी जम्प थपिएकाे छ।

मुक्तिनाथबाट शुरु हुने कालिगण्डकीको खोँचलाई विश्वकै गहिरो मानिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .