ad ad

रोचक


प्रेमिका चाहियो भन्दै विज्ञापन दिए, २८ हजार आवेदनपछि विज्ञापन रद्द गरे यी खर्बपतिले

प्रेमिका चाहियो भन्दै विज्ञापन दिए, २८ हजार आवेदनपछि विज्ञापन रद्द गरे यी खर्बपतिले

नेपालखबर
माघ १६, २०७६ बिहिबार १२:५७,

उनले विज्ञापन रद्द गर्दै आफू एक्लै चन्द्रमामा जाने बताएका हुन्। जापानी खर्बपति युसाकु मेजावा चन्द्रमामा घुम्न जाने पहिलो पर्यटक बन्दैछन्।

एलन मस्कको कम्पनी स्पेस एक्सले चन्द्र भ्रमणको व्यवसायिक सुरुवात गर्न लागेको छ। सन् २०२३ मा स्टारसिप रकेटमा युसाकु मेजावा चन्द्रमामा घुम्न जानेछन्।

उनले चन्द्र भ्रमणको लागि टिकट काटिसकेका छन्। केही समय अगाडिमात्र ४४ वर्षका जापानी खर्बपति युसाकुले चन्द्रमामा डेटिङ जान प्रेमिका चाहियो भनेर ट्वीट विज्ञापन गरेका थिए।

Related image

तर यतिबेला उनले आफू एक्लै जाने बताइरहेका छन्।

खर्बपति ब्यापारीले ट्वीटरमा प्रेमिका चाहियो भन्ने विज्ञापन गरेका थिए। तर वेबसाइटमा भने ‘जीवनसाथी’ चाहिएको बताएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .