ad ad

कारोबार


रोयल इन्फिल्डको भिडिओ बनाएबापत तीन टिकटकरले पाए पुरस्कार

रोयल इन्फिल्डको भिडिओ बनाएबापत तीन टिकटकरले पाए पुरस्कार

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १५:४६, काठमाडौँ

रोयल इन्फिल्डको भिडिओ बनाउने ३ जना टिकटकरलाई कम्पनीले पुरस्कार वितरण गरेको छ।

नक्साल नारायणचौरमा एक कार्यक्रम गरी रोयल इन्फिल्ड हन्टरको उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार वितरण गरिएको हो।

रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फाअटोमोटिभस्ले नयाँ हन्टर ३५० सार्वजनिकसँगै टिकटक च्यालेञ्ज कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागीमध्ये पदम लामाले उत्कृष्ट टिकटक बनाएका छन्।

रोयल इन्फिल्डले टिकटक इन्फुलेन्सर पदम लामालाई १ लाख पुरस्कार वितरण गरेको छ।

त्यस्तै दोस्रो पुरस्कारको रुपमा स्मिता घिमिरेलाई ६० हजार रुपैयाँ वितरण गरेको छ। रजक शाहीले तेस्रो पुरस्कारको रुपमा ४० हजार पाएका छन्।

रोयल इन्फिल्ड दसैँअघि रोयल इन्फिल्डको कम बजेटको हन्टर ३५० सार्वजनिक गरेको थियो। पछिल्लो समय युवाबीच हन्टर लोकप्रिय बन्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .