रेमिट्यान्स ३० प्रतिशतले बढेको छ। चालू आवको तीन महिना (असोज) सम्म आइपुग्दा रेमिट्यान्स ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १६.८ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स २५.९ प्रतिशतले बढेर २ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो।
असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई रु. ४०४ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोहीअवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो।
Shares
प्रतिक्रिया