ad ad

कारोबार


६ महिनामा ७ खर्ब ५१ अर्ब बराबरको वैदेशिक व्यापार

६ महिनामा ७ खर्ब ५१ अर्ब बराबरको वैदेशिक व्यापार

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १२:१८,

चालू आर्थिक वर्ष २०७६/०७७को ६ महिनामा नेपालले ७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पुससम्मको तथ्याङ्कअनुसार ६ खर्ब ९४ अर्ब रुपैयाँको आयात र निर्यात ५७ अर्ब रुपैयाँको मात्रै भएको हो।

तुलनात्मक रुपमा चालू आर्थिक वर्षमा गत वर्षको सोही अवधिमा भन्दा आयातमा केही कमी आएको र निर्यात केही बढेको देखिएको छ। चालू आर्थिक वर्षमा आयात ४ दशमलव ०४ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। त्यस्तै आयात २६ दशमलव १३ प्रतिशतले बढेको छ।

देशगत रुपमा हेर्ने हो भने भारतबाट ४ अर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। निर्यात ४० अर्ब रुपैयाँ बराबरको भएको छ। दोस्रो व्यापार हुने मुलुकमा चीन रहेको छ। चीनबाट १ अर्ब १८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ। चीनसँगको निर्यात १ अर्ब रुपैयाँको रहेको छ।

नेपालले वस्तु आयात गर्ने अन्य प्रमुख देशमा इन्डोनेसिया, यूएई, अमेरिका, क्यानडा, स्विट्जरल्यान्ड र साउथ अफ्रिका रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .