नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेमा सूचीकृत ८८ कम्पनीलाई स्पष्टीकरण सोधेको छ। बोर्डले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको हो।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले धितोपत्र बोर्डमा वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था छ।
बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना किन नगर्ने भन्ने प्रश्न गर्दै १५ दिनभित्र जवाफ पेस गर्न भनेको छ।
यस्तै बोर्डमा वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै प्रश्न गरेको छ।
कात्तिक २० गते सञ्चालक समितिको बैठकले ८८ सूचीकृत कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि बोर्डले १५ दिनको समय दिँदै स्पष्टीकरण पत्र पठाएको छ।
159
Shares
प्रतिक्रिया