ad ad

समाज


राशिफल १२ असोज : सिंहको प्यारो साथीसँग मन खिन्न रहने, मकरको शत्रु क्षय हुने, तपाईँको के?

राशिफल १२ असोज : सिंहको प्यारो साथीसँग मन खिन्न रहने, मकरको शत्रु क्षय हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असोज १२, २०८१ शनिबार ५:४, काठमाडौँ

आज शुक्रबार, १२ असोज २०८१ (२८ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। भाग्यले विभिन्न अवसर जुराउनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धन लाभ हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। अरूलाई दु:ख नदिने।

वृष : कार्य सम्पादनमा सहजता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। कसैलाई सन्तान लाभ हुन सक्छ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सामाजिक क्षेत्रमा आलोचना गर्नेहरू सक्रिय हुनेछन्। प्रेम जीवन सफल र सुखद रहने देखिन्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : प्यारो साथीसँग मन खिन्न रहनेछ। त्यसैले, प्रेमी/प्रेमिकाको विचारलाई कदर गर्नु उचित हुनेछ। घरायसी वातावरणमा असामान्यता देखिन सक्छ। साँझमा लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ३२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या : पदोन्नतिको सम्भावना प्रबल छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। साथीभाइको विशेष सहयोग मिल्न सक्छ। चिताएको कामले तीव्रता लिनेछ। बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। लाभदायक र सुखद यात्राको योग छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। अतिथिको रूपमा सत्कार पाइएला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : भाग्यले साथ दिनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। शुभकार्यको चर्चा चल्नेछ। स्वादिष्ट भोजन पाइनेछ। आफन्त, प्रेमी वा बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। कडा मिहिनेत गर्दा मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मकर : प्रतिष्ठा कमाउने बेला छ। यात्रा सफल हुनेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शत्रु पनि क्षय होलान्।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। अरूको कुभलो नचिताउने।

कुम्भ : राजनीतिक कार्यमा ख्याति कमाउने योग छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक भइएला। अरूलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। वैदेशिक क्षेत्र कमजोर रहला। विचार गरेर निर्णय लिनु उचित हुनेछ। साँझमा भने रमाइलो यात्राको योग छ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग५७  र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .