विद्युतीय सवारी साधन उत्पादक कम्पनी सेरेसले नेपालमा सेरेस मिनी ईभीको औपचारिक डेलिभरी सुरु गरेको छ। नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेसले पहिलो ईभी हस्तान्तरण गरेको छ।
कम्पनीका अनुसार सेरेस मिनी ईभी शहरी क्षेत्रको बढ्दो आवश्यकतालाई ध्यानमा राखी बनाइएको छ। यो मिनी ईभी आफ्नो गतिशीलता र पार्किङको सहजताका लागि उत्कृष्ट छ जसले यसलाई साँघुरा शहरी इलाकाहरूमा नेभिगेट गर्नको लागि विकल्पको रूपमा उभ्याएको छ।
सेरेसले सन् २०२३ मा विश्वकै सबैभन्दा तेज गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ। यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ।
हुवावेसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रति सेरेस अघि बढेको स्पष्ट पारेको छ।
129
Shares
प्रतिक्रिया