न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको निर्माता बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ।
यस रेकर्डले विद्युतीय सवारी उद्योगको विकासमा बीवाईडीको प्रतिबद्धताको निरन्तरता देखाउने कम्पनीको भनाई छ।
बीवाईडीले न्यू इनर्जी भेहिकलको उत्पादन, मात्रै तीन महिनामै ५० लाख देखि ६० लाख पुर्याउँदै, द्रुत गतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ। बीवाईडी ५, जुन बीवाईडीको ‘फाङचेङबाओ’ उप–ब्राण्ड अन्तर्गतको एसयूभी हो ।
बीवाईडीको विविध ब्रन्ड मैट्रिक्सहरूमा डाइनास्टी र ओसिएन सिरिज, फाङचेङबाओ र याङवाङ जस्ता विभिन्न ब्राण्डहरू बजारमा उपलब्धछ। अक्टोबरमा मात्रै बीवाईडीले ३ लाख भन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै, मासिक बिक्री रेकर्ड हासिल गरेको थियो। कम्पनीले प्रविधिमा अग्रणी स्थान लिँदै बीवाईडीले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको छ जसले उपभोक्तहरूको विविध आवश्यकताहरूलाई पूरा गर्न सक्नेछ।
२०१० बाटै, बीवाईडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधन हरुको विद्युतीकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको । बीवाईडीको विद्युतीय सार्वजनिक परिवहनका साधनहरू अब ७० भन्दा बढी देशको ४०० भन्दा बढी शहरहरूमा संचालनमा छन्।
विश्वमा पहिचान बढाउँदै, न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुवैमा बीवाईडीले आफ्नो पहुँच बढाएको छ। हाल बीवाईडीले ५८ देश र तिनका विभिन्न क्षेत्रमा प्रवेश गरि, जम्माजम्मी दुई लाख भन्दा बढी गाडीहरु बिक्री गरिसकेको छ। न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशरुमा महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरिसकेको जनाएको छ।
बीवाईडीले, ब्लेड ब्याट्रीरी, डीएमआई सुपर हाइब्रिड सिस्टम, इ(प्लेटफ़ॉर्म ३.०, सेल टु बडी टेक्नोलजी, ई४ प्लेटफर्म, बीवाइडी डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, र ड्युअल मोड अफरोड (डीएमओ) सुपर हाइब्रिड सिस्टम, जस्ता नवीन र पर्यावरणमैत्री प्रविधिको विकासमा अग्रणी स्थान हासिल गरेको छ। भविष्यमा पनि, बीवाईडी आफ्नो नवीन विकासमा कटिबद्ध रही, विश्वभरका थप ग्राहकहरूलाई उत्तम सवारीको अनुभव प्रदान गर्दै पृथ्वीलाई १० डिग्रीको दरले शीतल गर्नमा प्रतिबद्ध रहिरहने जनाएको छ।
Shares
प्रतिक्रिया