ad ad

कारोबार


कामना बैंकले सेयरधनीलाई २० करोडको नगद लाभांश बाँड्ने

कामना बैंकले सेयरधनीलाई २० करोडको नगद लाभांश बाँड्ने

नेपालखबर
असार १५, २०७६ आइतबार ५:२३,

 कामना सेवा विकास बैंक लिमिटेडको शनिबार काठमाडौं डिल्लीबजारस्थित अमृत भोगमा वार्षिक साधारणसभा गरेको छ। उक्त साधारण सभाले आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।

बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपैयाँ २३ पैसा रहेको छ। जसअन्तर्गत ८ प्रतिशतका दरले हुन आउने रकम २० करोड २ लाख १२ हजार ४ सय ४१ रुपैयाँ ५४ पैसा नगद लाभांश र १.५ प्रतिशतले हुने ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुपैयाँ ७९ पैसाबराबरको बोनस सेयर वितरण गरिनलागेको बैंकले जनाएको छ। साधारणसभाले यससम्बन्धी प्रस्ताव पारित गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७४/०७५को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिकतथा बैकिङ्ग क्षेत्रको अवस्थातथा चालू आर्थिक वर्ष २०७५/०७६ को चैत मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरणर भावीकार्य योजना समेत प्रस्तुत गरेका थिए। त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम सञ्चालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्यधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजनासहित अगाडि बढेको बताए।

बैंक सञ्चालक समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको साधारणसभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले सेयरधनीलगायत उपस्थित सबैलाई मन्तव्यमार्फत स्वागत गरेका थिए। बैंकको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .