ad ad

कारोबार


हवाई यात्राले विनाश हुँदै पर्यावरण

हवाई यात्राले विनाश हुँदै पर्यावरण

नेपालखबर
असार १५, २०७६ आइतबार ४:३७,

एक दशकयता विश्वमा हवाई जहाजको भाडा अति सस्तो भएको छ। जसका कारण धेरै मानिसले हवाई यात्रा गर्न थालेका छन्।

तर यसले विश्वमा पर्यावरणमा असर पर्दै गएकामा चिन्ता व्यक्त गर्न थालिएको छ। यसैलाई न्यूनीकरण गर्ने उद्देश्यले जर्मनीको एक कम्पनीले आफ्ना कर्मचारीलाई सकेसम्म हवाई यात्रा नगर्न प्रोत्साहन गरेको छ।

धेरै हवाई यात्रा गर्दा यसले पर्यावरणमा कस्तो असर गर्छ भन्नेतर्फ खासै सोचेको पाइँदैन। हवाई जहाजकै टिकटमा जहाजको कार्बन उत्सर्जन तथा कार्बन फुटप्रिन्टसम्बन्धी जानकारी दिइएको हुन्छ तर यसलाई पढ्ने र बुझ्ने फुर्सद कसैसँग हुँदैन।

जर्मनीकाे राजधानी बर्लिनको एउटा कम्पनीले एक राम्रो तरिका निकालेको छ। वाइबरविर्टसाफ्ट नामको उक्त कम्पनीले आफ्नो कर्मचारीहरूका लागि एउटा नीति अबलम्बन गरेको छ-  यदि एक वर्षभित्र कुनै पनि कर्मचारी एकपटक पनि हवाई यात्रा गर्दैनन् भने ती कर्मचारीले तीन दिनको अतिरिक्त बिदा पाउँछन्।

सामान्यतया जर्मनीमा एक वर्षमा ३० दिन बिदा प्राप्त हुन्छ । जसअनुसार कम्पनीले बिदाका दिन दश प्रतिशतले वृद्धि गरिरहेको छ।
कम्पनीको सीईओ कात्या फाँन डेय बेयले यसबारे समाचार एजेन्सी एएफपीसँग भनिन्, ‘हरेकलाइ थाहा छ, हवाई यात्राले पर्यावरण विनाश गर्छ।’ उनी स्वयंले हवाई यात्रा गर्न बन्द गरिसकेकी छन्। उनी कहिलेकाहीं बिदा मनाउन जाँदा रेलमा यात्रा गर्छिन्।

बर्लिनको यो कम्पनीको एउटा सुरुवात हो। जहाँ १० महिला कर्मचारी छन्। यसबारे उक्त कम्पनीका सीईओ भन्छन्, ‘यस नीतिलाई एउटा प्रतीकका रूपमा लिनुपर्छ। किनकि यति थोरै कर्मचारीले हवाई यात्रा नगर्दैमा पर्यावरण जोगाउन त सकिँदैन तर यो एउटा संसारलाई शिक्षा हुनसक्छ।’

यो देखेर बिस्तारै विश्वका अन्य कम्पनीहररूले पनि यो उपाय अवलम्बन गर्न सुरु गर्ने उनको अपेक्षा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .