सेयरबजार सोमबार ३.४२ अंकले घटेको छ।
बजार परिसूचक नेप्से उक्त अंकले घटेर १८४७.८१ विन्दुमा झरेको हो।
योसँगै कारोबारमा सामेल १०९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२२ कम्पनीको बढेको र आठवटाको उही मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज समाज लघुवित्त, एनएमबी डिबेन्चर, तेह्रथुम पावर कम्पनीलगायतका कम्पनीको सेयर बढेको छ। त्यस्तै एनआरएन इन्फ्रा, माउन्टेन इनर्जीलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।
धेरै कारोबार भने सोनापुर मिनरल्सको भएको छ। कम्पनीको साढे सात करोडको सेयर किनबेच भएको हो।
आज कुल बजार पुँजीकरण २८ खर्ब रहेको छ।
18
Shares
प्रतिक्रिया