जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार (हिजो) साँझ नेपाल फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार त्यसबारे मिडिया ब्रिफिङ गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग भएको कुराकानीका क्रममा उनले कोप–२८ मा नेपालले निभाएको भूमिका, पहिलोपटक भएको गोलमेच सम्मेलन र नेपालको प्रस्तुति लगायतबारे ब्रिफिङ गरे।
छलफलमा सहभागी एक सम्पादकले उनलाई कोप–२८ सम्मेलनमा वैज्ञानिक खोई? भन्दै प्रश्न गरेका थिए।
जवाफमा उनले भने, ‘मेरो सल्लाहकार नै साइन्टिस्ट हो।’
साथै, उनले कोप–२८ मा नेपालको प्रस्तुतिले सहभागी सबै मुलुकको कान ठाडा भएको बताए।
उनले यो सम्मेलनपछि नेपालले आर्थिक लाभ पाउने पनि दाबी गरे। ‘ठूलै उपलब्धि हुुँदैछ। ऐतिहासिक सफलता मिल्दैछ,’ उनले भने, ‘हामीले छुट्टै गोलमेच गरेपछि पनि हस्तक्षेपकारी उपस्थिति भयो।’
Shares
प्रतिक्रिया