ad ad

कारोबार


साझा यातायातमा सीईओ माग, १० वर्षको अनुभव आवश्यक

साझा यातायातमा सीईओ माग, १० वर्षको अनुभव आवश्यक

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०८० सोमबार १०:२७, काठमाडौँ

साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। 

साझा यातायात सहकारीले लामो समयदेखि रिक्त रहेको कार्यकारी अधिकृत खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्न लागेको हो।

३५ दिनभित्र साझा यातायातको प्रधान कार्यालयमा दरखास्त बुझाउन सूचना जारी गरेको छ। 

सीईओका लागि कम्तिमा स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरी सार्वजनिक वा संगठित संघ संस्थामा १० औँ तह सरहको जिम्मेवारी लिइसकेको हुनु पर्ने साझा यातायातले जनाएको छ। 

सीईओ हुन चाहनेले सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा १० वर्षको अनभुव हासिल गरेको हुनुपर्ने छ। ३५ वर्ष पूरा भएको र ५८ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

दरखास्त पेश गर्दा व्यवसायिक कार्ययोजना ५ हजार शब्दमा नबढ्नेगरी बुझाउनु पर्ने छ। बाहालवाला कर्मचारीले आवेदन दिन चाहेमा सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्र संलग्न गर्नुपर्ने छ। 

साझा यातायातले काठमाडौँ उपत्यकासहित लामो दूरीमा समेत बस कुदाउने गरेको छ। साझाले डिजेल बससँगै ४० वटा विद्युतीय बस समेत भित्राई सकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .