ad ad

कारोबार


क्यासिनो नवीकरण गर्दा २५ लाख बैंक जमानत राख्नुपर्ने

घटाइयो डलरको कारोबार गर्ने संस्थाको जमानत अवधि
क्यासिनो नवीकरण गर्दा २५ लाख बैंक जमानत राख्नुपर्ने

नेपालखबर
मंसिर २५, २०८० सोमबार १४:४०, काठमाडौँ

सरकारले अनुमति दिएका क्यासिनोले प्रतिकारोबार स्थानको २५ लाख रुपैयाँ बैंक जमानत राख्नुपर्ने भएको छ।

राष्ट्र बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली९२०७७ को दोस्रो संशोधन गर्दै सो नयाँ व्यवस्था थप गरेको हो।

क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स लिन प्रतिकारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको २ वर्षको बैंक जमानत र लाइसेन्स शुल्कबापत एक लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्नेमा अबदेखि नवीकरणका हकमा पनि २५ लाख रुपैयाँ लाग्नेछ। 

त्यसैगरी, आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रति कारोबार स्थानको लागि १० लाख रुपैयाँ बराबरको २ वर्षको बैंक जमान र लाइसेन्स शुल्क बापत ५० हजार रुपैयाँ लाग्ने भएको छ। 

स्टोररसुपरमार्केट, एयरलाइन्स, तीन तारे तथा त्यसभन्दा माथिका होटलका साथै अन्य होटल, रिसोर्ट, फर्म, कम्पनी र संस्थाले कम्तिमा चार बर्ष अवधिको बैंक जमानत पेश गर्नु पर्ने थियो। अब बढीमा १५ महिनाको गरे हुने भएको छ।

समयभित्र लाइसेन्स नवीकरण नगराएमा बैंक जमानत जफत भइ लाइसेन्स रद्द हुने व्यवस्थामा राष्ट्र बैंक लचक बनेको छ। अब जरिवाना काटेर बैंक जमानत र धरौटी फिर्ता हुने छ। लाइसेन्स भने रद्द हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .