ad ad

कारोबार


रेवानको आयोजनामा पुस १२ देखि २५औँ पोखरा सडक महोत्सव हुने

रेवानको आयोजनामा पुस १२ देखि २५औँ पोखरा सडक महोत्सव हुने

फेवातालको दृश्य


नेपालखबर
पुस १, २०८० आइतबार १६:२, काठमाडौँ

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा २५औँ पोखरा सडक महोत्सव हुने भएको छ। 

महोत्सवका संयोजक विश्वराज पौडेलले पोखरालाई पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको बताएका हुन्।

उनका अनुसार यही पुस १२ देखि आयोजना हुने महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म र कोमागाने पार्कभित्र विविध मनोरञ्जनात्मक कार्यक्रमसहित आयोजना हुनेछ। 

महोत्सव २५औँ वर्षमा पुग्न सफल भएको उपलक्ष्यमा यसको रजत जयन्त भव्य रुपमा मनाउन लागेको संयोजक पौडेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .