ad ad

कारोबार


४५० मेगावाटको सेती नदी–६ परियोजना अघि बढाउन एनएचपीसीले माग्यो बोलपत्र

४५० मेगावाटको सेती नदी–६ परियोजना अघि बढाउन एनएचपीसीले माग्यो बोलपत्र

नेपालखबर
पुस ३, २०८० मंगलबार १२:५, काठमाडौँ

भारतीय कम्पनी एनएचपीसी लिमिटेडले नेपाली ठेकेदारसँग बोलपत्र आह्वान गरेको छ। 

कम्पनीले सेती नदी ६ परियोजनाको निर्माण थाल्न नेपाली ठेकेदारसँग बोलपत्र माग गरेको हो। 

४५० मेगावाट क्षमताको उक्त परियोजनाको विस्तृत परियोजना अध्ययन गरेको कम्पनीले तीनवटा बोलपत्र खुलाएको छ। यसअनुसार एनएचपीसी एसआर०१/२०२३, एनएचपीसी एसआर०२/२०२३ र एनएचपीसी एसआर०३/२०२३ रहेका छन्। यिनीहरुमा ठेकेदारहरुले आगामी जनवरी ८ को बेलुका ५ बजेसम्म बोलपत्र हालिसक्नुपर्नेछ भने त्यसको भोलिपल्ट ११ बजे बोलपत्र खोलिने कम्पनीले जनाएको छ। 

ठेक्का हाल्न इच्छुकहरु नेपालमा दर्तावाल हुनपर्नेछ। आह्वान गरिएका ठेक्कामध्ये पहिलो ठेक्कामा ड्यामलक्षित कार्यहरु ड्रिलिङ, पावर हाउसलगायतबारे गर्नुपर्नेछ। दोस्रो ठेक्कामा  डोटी र अछाम जिल्लास्थित बन्ने ड्यामको दायाँबायाँ एक्सप्लोरेटरी ड्रिफ्टिङको काम गर्नुपर्नेछ। त्यसैगरी तेस्रो ठेक्काअन्तर्गत परियोजनाका लागि बन्ने पावरहाउसको मुनि एक्सप्लोरेटरी ड्रिफ्टिङ गर्नुपर्नेछ। 

इच्छुक र योग्य आवेदकले तोकिएको अवधिमा कार्यालय समयमा बोलपत्र बुझाउन सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .