ad ad

कारोबार


एनसेल खरिद-बिक्रीबारे जवाफ दिन राज्य व्यवस्था समिति पुगे प्रधानमन्त्री

एनसेल खरिद-बिक्रीबारे जवाफ दिन राज्य व्यवस्था समिति पुगे प्रधानमन्त्री

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस ३, २०८० मंगलबार १२:८, काठमाडौँ

निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद-बिक्री प्रकरणबारे जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को राज्य व्यवस्था समितिमा पुगेका छन्।

एनसेलको सेयर खरिद-बिक्री प्रकरणलाई लिएर अनेक शंका-उपशंका जन्मिरहेका बेला प्रचण्ड जवाफ दिन संसदीय समितिमा पुगेगका हुन्। 

एनसेलको ८० प्रतिशत शेयर रहेको रेनोल्ड होल्डिङ्स कम्पनीको स्वामित्व मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको थियो। तर उक्त किनबेचको पारदर्शितालाई लिएर सरकारमाथि पनि प्रश्न उठिरहेको छ।

एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा सरकारकै उच्च नेतृत्वमाथि प्रश्न उठिरहेको छ। सत्ता र प्रतिपक्षीसमेतले प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री संसदीय समितिमा उपस्थित भएका हुन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .