ad ad

कारोबार


इप्पानले सरकारलाई भन्यो– नेपालमा उत्पादित सबै विद्युत् खरिद हुने गरी भारतसँग सम्झौता गर

इप्पानले सरकारलाई भन्यो– नेपालमा उत्पादित सबै विद्युत् खरिद हुने गरी भारतसँग सम्झौता गर

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८० बिहिबार ११:४०, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था, नेपाल (इप्पान) ले नेपालमा उत्पादित सबै विद्युत खरिद हुनेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा १० हजार मेघावाट विद्युत खरिद सम्झौता हुने चर्चा भइरहेका बेला इपानका अध्यक्ष गणेश कार्कीले यस्तो बताएका हुन्।  

इप्पानका अध्यक्ष कार्कीले नेपालमा उत्पादित जलविद्युत जोसुकैले लगानी गरेपनि त्यसको खरिद भारतले गर्नेगरी सम्झौता गर्न सरकारसँग आग्रह गरे। 

बंगलादेशले पनि भारतको बाटो हुँदै दीर्घकालीन रुपमा विद्युत खरिद गर्न पाउने प्रावधान अनिवार्य रुपमा राख्न पनि सरकारलाई सचेत गराए। तत्कालका लागि बंगलादेशले पनि नेपालसँग ५ हजार मेघावाट विद्युत खरिद गर्न चाहेकाले त्यसको पनि सुनिश्चित हुनेगरी सरकारले भारतसँग सो सम्झौता गर्न उपयुक्त हुने अध्यक्ष काकीको भनाइ थियो। 

उनले भारतसँग विद्युत खरिद सम्झौता गर्दा नेपालमा कुनै पनि देशले विद्युतमा लगानी गर्नसक्ने वातारण बनाउने कुरामा पनि सरकार अडिग रहनुपर्ने बताए। 

नेपालको समृद्धिका लागि सरकारले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसका लागि वाह्य लगानी आवश्यक भएको भन्दै त्यसलाई पनि ध्यान दिएर भारतसँग सरकारले सम्झौताहरु अघि बढाउनुपर्ने बताए।

अध्यक्ष कार्कीले भने, ‘सबभन्दा राम्रो कुरा त अहिले प्रधानमन्त्रीको भारत भ्रमणपश्चात जुन १० हजार मेगावाट १० वर्षमा खरिद गर्ने भनेर इण्डियाले सहमति जनाएको छ । त्यो एउटा ऐतिहासिक काम भएको छ। र, त्यो सँगसँगै अहिलेसम्म हेर्दाखेरी लामो समयसम्म पनि त्यसलाई चाहिँ एग्रीमेन्ट हुन सकिरहेको अवस्था छैन।’ 

विद्युत् आयातनिर्यातमा दुई देशलाई नै फाइदा हुने खालको सहमति हुनुपर्नेमा उनको जोड थियो। 

इप्पानले नेपाल सरकारले विद्युत उत्पादनमा जोड दिन सकेमात्रै विद्युत खरिदको कामलाई पनि अघि बढाउन सक्ने र समृद्धिको ढोका पनि खुल्न सक्ने जनाएको छ। 

अध्यक्ष कार्कीले त्यसका लागि कुनै पनि देशबाट नेपालमा लगानी भित्र्याउने वातावरण निर्माणमा पनि सरकार केन्द्रित हुनुपर्ने बताए। उनले नेपालमा विद्युत उत्पादन र खरिदका लागि उपयुक्त समय भएकाले यस अवसरलाई सरकारले खेर फाल्न नहुने पनि पटकपटक दोहो¥याए। न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .