ad ad

कारोबार


मंसिर महिनामा काठमाडौँ महानगरमा १ लाख १९ हजारले बुझाए कर

मंसिर महिनामा काठमाडौँ महानगरमा १ लाख १९ हजारले बुझाए कर

नेपालखबर
पुस २४, २०८० मंगलबार १०:५६, काठमाडौँ

काठमाडौँ महानगरपालिकामा गएको मंसिर मसान्तसम्ममा १ लाख १९ हजार ४५९ जना करदाताले कर बुझाएका छन्। 

करबाट मंसिर महिनामा मात्रै २ अर्व ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ महानगरपालिकाले जनाउको छ।  

मंसिरमा ३५ हजार ५७ जनाले घर बहाल कर, ३१ हजार ९१६ जनाले व्यवसाय कर र ५२ हजार ४८६ जनाले सम्पत्ति कर बुझाएका हुन्। 

यस बर्ष काठमडौँ महानगरपालिकामा करदाताको संख्या ३ लाख ४३ हजार ६४० पुगेको छ। गएको आर्थिक बर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ। 

सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .