विश्व बैंकले अर्को आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।
‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स’ सार्वजनिक गर्दै विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो।
यसअनुसार चालू आर्थिक वर्षमा भने ३.९ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।
समग्र दक्षिण एसियामा भने यो वर्ष ५.७ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने विश्व बैंकको अनुमान छ। यो वर्षको नेपालको आर्थिक वृद्धि कम हुनुमा उसले सरकारले गरेको आयात प्रतिबन्ध र यसअघिको कसिलो मौद्रिक नीतिलाई कारण मानेको छ।
अहिले भने आयात खुल्ला भएको मौद्रिक नीति लचिलो भएका कारण अर्को वर्षको वृद्धिदर बढ्ने उसको प्रक्षेपण छ।
39
Shares
प्रतिक्रिया