ad ad

कला


‘सम्राट पृथ्वीराज’ फ्लप हुँदा रोएका थिए अक्षयकुमार

‘सम्राट पृथ्वीराज’ फ्लप हुँदा रोएका थिए अक्षयकुमार

नेपालखबर
पुस २५, २०८० बुधबार १६:१३, काठमाडौँ

सन् २०२२ मा रिलिज भएको फिल्म ‘सम्राट पृथ्वीराज ’मा बलिउड अभिनेता अक्षयकुमारले मुख्य भूमिकामा देखिएका थिए। तर, डा. चन्द्रप्रसाद द्विवेदी निर्देशित यस फिल्मले बक्सअफिसमा कमाइ गर्न सकेन।

फिल्मको फ्लपको विषयमा निर्देशक द्विवेदीले दुईवर्षपछि मुख खोलेका छन्। यसैबीच, उनले पृथ्वीराजले कमजोर प्रदर्शन गर्दा अक्षयकुमार भावुक भएर आँशु बगाएको समेत खुलासा गरेका छन्।

मुकेश खन्नाको युट्युब च्यानल भीष्मा इन्टरनेशनललाई दिएको अन्तर्वार्तामा डा चन्द्रप्रकाश द्विवेदीले भने, ‘म, अक्षय कुमार र मेरो सम्पूर्ण टिमले इतिहाससँग छेडछाड नगर्ने यो फिल्मबाट सिकेका छौं। फिल्मको आलोचना सुनेर अक्षय भावुक भए र, उनको आँखाबाट आँसु आयो। यति सफल अभिनेता भए पनि उनले मेरो आलोचना पनि स्वीकार गरे। मैले उहाँसँग आमनेसामने मात्र होइन मेलमार्फत पनि आफ्ना विचारहरू पठाएँ। खास कुरा यो हो कि यति धेरै भएपछि पनि हाम्रो सम्बन्धमा कुनै असर परेको छैन।’

साथै, उनले फिल्मका निर्माता आदित्य चोपडाले आफ्नो सुझावलाई वेवास्ता गरेको समेत बताए।

‘मैले आदित्यसँग यसबारे छलफल गरेको थिएँ। तर, फिल्मलाई लिएर हाम्रो दृष्टिकोण फरक थियो। यस पोजेक्टमा उहाँ जस्तो निर्माता पाउनु मेरो लागि भाग्यमानी थियो। तर, उहाँसँग फरक रचनात्मक दृष्टिकोण पनि थियो। फिल्मको पूरै अवधिमा हामी कुनै कुरामा सहमत भएनौं। मैले उनलाई धेरै सुझाव दिएँ, जसलाई उनले बेवास्ता गरे।’

फिल्म फ्लप हुनुबारे बताउँदै द्विवेदीले थपे, ‘फिल्म रिलिज हुनुअघि नै ट्रेलर हेरेपछि दर्शकले यसमा आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए। अक्षय र मीनाक्षीबीचको उमेरको अन्तर, अक्षयको मौलिक जुँगा नहुनु र सबैभन्दा महत्त्वपूर्ण कुरा पृथ्वीराज चौहानको मौलिक शरीरमा फरक छ। यी सबै कुरा देखेर दर्शकले फिल्मलाई लिएर सोच बनाएका थिए। फिल्म रिलिज हुनेमा सबैजना उत्साहित थिए। म चिन्तित थिएँ किनभने मलाई पहिले नै थाहा थियो परिणाम के हुनेछ। यो फिल्मको रिलिजको दिनमा म मेरो अर्को फिल्मको स्क्रिप्ट गर्दै थिएँ।’

सन् २०२२ जुन ३ मा रिलिज भएको यस फिल्मले विश्वभर जम्मा ९० करोड भारु मात्रै कमाएको थियो। अक्षयकुमारसहित मानुषी छिल्लर, सोनु सुद र सञ्जय दत्त अभिनित यो फिल्म २ देखि ३ सय करोड लगानीमा बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .