मूल्यवृद्धिको अनुपात गिरावट भएको पाइएको छ।
चालू आर्थिक वर्षको ५ महिना अवधिमा अर्थात् २०८० मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो।
५ महिना अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ।
२०८० मंसिर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको छ।
त्यस्तै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिक महिनाको तुलनामा मंसिर महिनामा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुहरुको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको राष्ट्र बैंकले जनाएको छ।
Shares
प्रतिक्रिया