ad ad

कारोबार


बक्यौता विवादमा विद्युत् काटिएका २३ उद्योगको लाइन जोडियो

बक्यौता विवादमा विद्युत् काटिएका २३ उद्योगको लाइन जोडियो

नेपालखबर
पुस २८, २०८० शनिबार ११:२५, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले २३ वटा उद्योगमा काटिएका विद्युत् लाइन जोडिदिएको छ। 

नेपाल विद्युत प्राधिकरणका शुक्रबार मध्यरातसम्म यसअघि बक्यौता विवादमा लाइन काटिएका सबै उद्योगमा लाइन जोडिएको हो। 

विगतमा डेडिकेटेड र ट्रंक  लाइन प्रयोग गरी प्रयोग गरिएको बिजुलीका प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले ती उद्योगमा लाइन काटिदिएको थियो। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गर्दै उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो।

प्राधिकरणका अनुसार उद्योगहरूबाट २०७२ माघअघिको ९७ करोड रुपैयाँ प्रिमियम महसुल लिन बाँकी छ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब र त्यसयताको ८ अर्ब  प्रिमियम शुल्क लिन बाँकी छ। यसबाहेक २५ प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याजसमेत गर्दा अहिले ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विद्युत् प्राधिकरणको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .