चौधरी ग्रुप अन्तर्गत एलजी ब्रान्ड मातहतका एलजी शपिङ शोरुमहरू विभिन्न स्थानमा पुनः सञ्चालनमा आएका छन्।
विश्वस्तरीय स्तरमा अपग्रेड यी शो रुम एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्घाटन गरी शुभारम्भ भएको कम्पनीले जनाएको छ।
एलजी शपिङ शोरुमहरु आधुनिक तथा प्रबिणतम डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामग्रीहरू जस्तै एलईडी टीभी, वासिङ मेसिन, रेप्रिलजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर लगायत सामग्रीहरू उपलब्ध छन्।
ग्राहकले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीबाट विद्युतीय सामग्रीहरूबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। यी शोरुमहरु हप्ताको सातै दिन बिहान १०बजे देखि बेलुका ७:३०बजेसम्म खुल्ला रहनेछ।
थप जानकारीका लागि फोन नं ०१(५५४६६१२ (जावलाखेल), ०१(४१०६५३० (मिनभवन), ०१(४०३४५६२ (सितापाइला), ०१–४५६१२३४ (चाबहिल), ०१(५३१८११६ (कान्तिपथ), ०१(५२००४२६ (इमाडोल) र ०२१(५९०२६६ (विराटनगर)मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोयल्टी प्रोग्रामको पनि सुविधा प्रदान गर्दै आएको छ। र, दक्ष विशेषज्ञबाट बिभिन्न एलजीका सामग्रीहरुको लाइभ डेमो, पर्सनल एक्सपेरियन्स जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिन्छ ।
यसका साथै एलजी शपिङ शोरुमहरूले फ्री डेलिभरी, फ्री इन्स्टलेशन (एलजी सर्टिफाईड) र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस सेवाहरु पनि प्रदान गर्दै आएको स्पष्ट पारेको छ।
Shares
प्रतिक्रिया