ad ad

कारोबार


सामसङको ग्यालेक्सी एस–२४ सार्वजनिक, मोबाइल एआईको ‘नयाँ युग’ घोषणा

सामसङको ग्यालेक्सी एस–२४ सार्वजनिक, मोबाइल एआईको ‘नयाँ युग’ घोषणा

नेपालखबर
माघ १३, २०८० शनिबार १४:२५, काठमाडौँ

सामसङले नेपालमा नयाँ ग्यालेक्सी एस–२४ सिरिज सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँको मेरियट होटलमा एक औपचारिक कार्यक्रमकाबीच यो सिरिज रिलिज गर्दै कम्पनीले ‘नयाँ युग’ को सुरुवात भएको बताएको छ।

साथै, कम्पनीले यो सिरिजलाई ‘मोबाइल एआई’को नयाँ युगको औपचारिक घोषणा भएको बताएको छ। गत माघ ३ मा ग्लोबल अनप्याकपछि सामसङले मोबाइल उपकरणहरूमार्फत् विश्वसँग अन्तक्रिया गर्ने तरिकालाई परिवर्तन गरिदिएको कम्पनीको दाबी छ। 

यस फोनलाई भविष्यको फोनको रुपमा ब्याख्या गर्दै कम्पनीका निर्देशक प्रणय रत्न स्थापितले पहिलो पटक एआई सञ्चालिन फोन सार्वजनिक भएको बताए।

‘हाम्रो पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्छ,’ उनले भने, ‘आज हामी एउटा नयाँ अध्याय खोल्दैछौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधाविना छैन।’

कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले सो सिरिजको अनावरण गरेका थिए। 

ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनहरू प्रस्तुत गर्ने एक्सपिरिएन्स जोनमार्फत उपस्थित अतिथिहरूले ‘नयाँ युग’ को पहिलो अनुभव पनि गरेका थिए। पछिल्लो समय एआईलाई जीवनमा ल्याउन चाहने सबै यो अनुभवबाट प्रभावित भएको कम्पनीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .