नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार आवेदनको अन्तिम दिन २ दर्जन बढी आवेदन परेका हुन्।
सञ्चार मन्त्रालयका सहप्रवक्ता विशाल सापकोटाले २५ जनाबीचमा प्रतिस्पर्धा हुने नेपालखबरलाई जानकारी दिए।
तत्कालीन अध्यक्ष पुरूषोत्तम खनालले राजीनामा दिएसँगै मन्त्रालयले माघ १४ गते दरखास्त आह्वान गरेको थियो।
आवेदन दिनेमा भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर, कमलप्रसाद खनाल, डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी रहेका छन्।
त्यस्तै, श्रीकृष्ण सुवेदी, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी लगायत रहेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले सर्टलिस्ट गरी मन्त्रिपरिषदमा सिफारिस गर्ने छ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले विजनेश प्लान र अन्तरवार्ताबाट छनोट हुने ३ जना क्याबिनेटमा जाने बताए।
Shares
प्रतिक्रिया