नेपाल बैंक लिमिटेडले सोमबारदेखि ताप्लेजुङको फुङलिङ नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
उक्त एक्टेन्सन काउन्टर फुङलिङ नगरपालिकाका उपमेयर भीमा देवी ओझाले एक समारोहका बीच उद्घाटन गरेकी हुन्।
कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्य प्रकाश भट्टले गरेका थिए।
उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन्।
नेपालभर बैंकका २२८ शाखाहरु, २०४ एटीएम तथा ५८ एक्सटेन्सन काउन्टर रहेका छन्।
30
Shares
प्रतिक्रिया