ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी)ले कञ्चनपुर जिल्लामा न्यानो कपडा वितरण गरेको छ।
जिल्लाका १ हजार २ सय ४९ बालबालिकालाई चिनियाँ नयाँ वर्षको अवसरमा उक्त कपडा वितरण गरिएको हो।
जिल्लास्थित वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका ११ सामुदायिक विद्यालयमा उक्त न्यानो वितरण गरिएको सीएफआरडीले जनाएको छ।
सन् २०१९ यता फाउन्डेसनले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
18
Shares
प्रतिक्रिया