बजार परिसूचक नेप्से १०.५० अंकले घटेको छ।
साताको पहिलो कारोबार दिन नै नेप्से घटेर २०८५.८२ विन्दुमा पुगेको हो।
योसँगै बजारमा ४ अर्ब ८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। कारोबार अवधिमा १ करोड कित्ता सेयर बिक्री भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ९१ कम्पनीको सेयर बढ्दा १४८ वटाको घटेको र ८ वटाको पुरानै मूल्यमा कारोबार भएको छ।
आज पनि समाज लघुवित्तका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्। उनीहरुले प्रतिकित्ता ९२.३० रुपैयाँ कमाएका हुन्। यसबाहेक कुथेली बुखारी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशत कमाउँदा अन्य लगानीकर्ताले खासै कमाउन सकेनन्।
आज लगानीकर्ताले १० प्रतिशतसम्मै गुमाएका छन्। सर्वाधिक कारोबारमा भने हिमालयन रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको आज ६२ करोडको सेयर खरिदबिक्री भएको छ।
45
Shares
प्रतिक्रिया