ad ad

कारोबार


२०७० विन्दुमा सेयरबजार, २०३ कम्पनीका लगानीकर्ताले गुमाए

२०७० विन्दुमा सेयरबजार, २०३ कम्पनीका लगानीकर्ताले गुमाए

नेपालखबर
फागुन १, २०८० मंगलबार १५:१०, काठमाडौँ

मौद्रिक नीतिको समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा झरेको हो।

नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार भने बढेको छ। आज नेप्सेमा ४ अर्ब ६६ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ३ अर्ब ५६ करोडको कारोबार भएको थियो।

आज २०३ कम्पनीका लगानीकर्ताले गुमाउदा ४० लगानीकर्ताले मात्रै कमाउन सफल भए।

घटेको बजारमा तीन कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माई हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो।

आज हिमालय रि–इन्स्योरेन्सको सर्वाधिक ३२ करोड ५० लाखको कारोबार भएको छ। साथै, सोनापुर मिनिरल एण्ड आयक कम्पनीको ११ करोड ९२ लाख र सानिमा मिडिल तमोर हाइड्रोपावरको १० करोडको कारोबार भएको छ।

आज गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.७० प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .