एक महिनामा २५ वटा मात्रै अपर्टमेन्ट खरिदबिक्री भएका छन्। नयाँ अपार्टमेन्ट योजना कम हुँदा २५ वटा मात्रै बिक्री भएका हुन्।
भूमि सुधार तथा मालपोत कार्यालय लगनखेलबाट सबैभन्दा बढी कारोबार भएका छन्। लगनखेलबाट ९, डिल्लीबजार कार्यालयबाट ६, चाबहिल कार्यालयबाट ३, कलंकी कार्यालयबाट ४, टोखा कार्यालयबाट १ वटा कारोबार भएका छन्।
काठमाडौंबाहिर मालपोत कार्यालय कास्कीबाट २ वटा भएका छन्। पछिल्लो समय काठमाडौं उपत्यकासँगै पोखरा, रुपन्देहीमा अपार्टमेन्ट बनि रहेका छन्।
पुसमा २८ वटा अपार्टमेन्ट लिखित पारित भएका थिए। जसमा सबैभन्दा बढी ललितपुर लगनखेल कार्यालयबाट ११ कारोबार भए। कास्कीबाट ३ वटा कारोबार भएका थिए। चालू आर्थिक वर्ष साउनमा ३० वटा कारोबार भएका थिए।
गत आर्थिक वर्ष माघमा २२ वटा मात्रै अपार्टमेन्ट खरिदबिक्री भए। २०७८ माघमा ३२ वटा कारोबार भएका थिए। २०७७ माघमा ६४ वटा अपार्टमेन्ट खरिदबिक्री भएका थिए।
माघ महिनामा लिखित पारित ५० हजार ९२१ वटा भएका छन्। यो चालू आर्थिक वर्षमा सबैभन्दा बढी कारोबार भएको हो। माघ महिनामा राजस्व संकलन ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
Shares
प्रतिक्रिया