ad ad

कारोबार


बीमा दाबी रकम भुक्तानी नदिने प्रवृत्ति देखियो : अर्थमन्त्री  महत

बीमा दाबी रकम भुक्तानी नदिने प्रवृत्ति देखियो : अर्थमन्त्री  महत

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १८:११, काठमाडौँ

अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय बीमा व्यवसाय लिने त्यसको दाबी परे भुक्तानी नदिने प्रवृत्ति देखिएको बताए।

इपानले आयोजना गरेको जलविद्युत बिमा " नीति र दृष्टिकोण" कार्यक्रममा अर्थमन्त्री महतले सो कुरा बताएका हुन्। 

"बीमा कम्पनीले व्यवसाय लिने त्यस्को क्लेम (दाबी) परे भुक्तानी नदिने प्रवृत्ति देखिएको छ",उनले भने, "बीमा कम्पनीले परेको क्लेमको समयमा भुक्तानी दिनुपर्छ।" 

प्रतिस्पर्धा गर्न बिमा लिए जसरी नै भुक्तानी गर्नुपर्ने महतले बताए । बीमा व्यवसाय दीर्घकालीन बनाउन भुक्तानी समयमा गर्नुपर्ने उनले बताए। 

नेपाल र भारतबीच १० हजार मेगावाट विधुत लैजाने सम्झौता भएको र आवश्यकता अनुसार बढाउदै लग्ने कुरा भएकाले यो क्षेत्र थप सुनिश्चित हुँदै गएको मन्त्री महतको भनाइ छ। बङ्गलादेशसङ्ग पनि जलविद्युत सम्झौता सकारात्मक देखिएको मन्त्री महतले बताए। 

`हिजोका दिनमा थोरै थोरै लगानी गर्ने वातावरणबाट आज सुधार हुँदै धेरै लगानी वातावरण गर्ने अवस्था छ। जलविद्युत क्षेत्रको विस्तारका लागी वन लगायतका थुप्रै समस्या समाधानका लागि पहल गरिरहेका छौं,´ अर्थमन्त्री महतले भने, `बसाइँसराइका कारण आजका दिनमा हाम्रो वन बढी रहेको छ। यस्तो अवस्थामा पनि वनलाई देखाएर जलविद्युत विकासमा असर हुने काम गर्नुहुदैन।´ 

महतले हामी खुल्ला अर्थतन्त्र र प्रतिस्पर्धामा प्रवेश गरेपछि बजारले अधिकान्स कुराको निर्धारण गर्ने बताए। हाम्रोम बिमाको सन्दर्भमा लिन मात्र खोज्ने र दिन नखोज्ने प्रवृति हाबी भएको महतको भनाइ छ। जलविद्युत क्षेत्रको बिमाको विषयमा पनि यस्तो प्रवृति देखिएको उनले  बताए।

`एकातर्फ बिमाको फाइदाका विषयमा सूसुचित हुन आवश्यक छ भने अर्कोतिर उत्तम पोलिसिका लागि पनि लाग्नुपर्ने अवस्था छ। बिमाका सन्दर्भमा जोखिमलाई हेरेर सोहिअनुसारको दर कायम गर्न आवश्यक छ,´ मन्त्री महतले भने, `बिमा गर्ने भनेको कुनै समय समस्या आउछ भनेर गर्ने हो। यसरी समस्या आउछ भनेर सबैको बढी रकम उठाउन मिल्दैन। सबैमा एकैपटक समस्या आउदैन र आएको कम्पनीको दाबी भुक्तान गर्न ढिलाइ गर्नुहुन्न।´

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .